प्रकाश सपुतले गरे कोरोना कोषमा २ लाख सहयोग

काठमाडौं – गायक प्रकाश सपुतले सरकारले खडा गरेको कोरोना कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् । प्रकाशले सरकारसम्म पुर्‍याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका प्रकाशले प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको घोषणा…