एजेन्सी – शिक्षा लिन उमेर बाधक हुँदैन । जोकोहीले पनि जुनसुकै बेला अध्ययन गर्न सक्छन् । र, यसको सफल उदाहरण बनेकी छन भारतकी एक बृद्धा । केरला राज्यकी १०४ वर्षीया कुट्टिआमाले राज्यले हालै लिएको साक्षरता परीक्षामा उत्कृष्ट नम्बर ल्याएकी हुन् । १०० पूर्णाङ्कमा उनले ८९ नम्बर ल्याएकी हुन् । केरलाका शिक्षामन्त्री भी शिभनकुट्टेले ट्विटरमा लेखेका…