इरानमाथि लगाइएको सबै प्रतिबन्ध हटाउन अमेरिका समक्ष इरानको आग्रह

एजेन्सी – इरानी राष्ट्रपति हस्सन रौहानीले इरानमाथि लगाइएको सबै प्रतिबन्धहरु हटाउन संयुक्तराज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वार्ताका लागि खुला रहेको बताएको भोलिपल्टै इरानी राष्ट्रपति रौहानीको यस्तो प्रतिक्रिया आएको हो । सरकारी टेलिभिजनबाट प्रशारित एउटा भाषणमा राष्ट्रपति रौहानीले भने, 'पहिलो कदम भनेकै प्रतिबन्धहरु हटाउनु नै हो । इरानमाथि…