सुतेको बहाना गर्नेहरूलाई उठाउन गाह्रो हुँदो रहेछ : रक्षा बस्याल (अन्तर्वार्ता)

काठमाण्डु – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन जारी राखेको छ ।प्रधानन्यायाधीश जबराले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्दै बारले गत कात्तिक २४ गतेदेखि आन्दोलन सुरु गरेको हो । प्रधानमन्त्री देउवाले जबराका सम्धी गैरसांसद गजेन्द्र हमाललाई उद्योग मन्त्रीमा नियुक्त गरेका थिए । देशभर चर्को आलोचना भएपछि हमालले मन्त्रीमा नियुक्त…