परराष्ट्र सचिव लम्साल र पाकिस्तानी राजदूत हास्मीबीच भेटवार्ता

काठमाण्डु – परराष्ट्र सचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज शुक्रबार भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको पाकिस्तानी राजदूतावासले जनाएको छ । त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई…