काठमाण्डु - नेपाललाई चीनले १५ अर्ब रुपैयां अनुदान दिने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग बुधबार भएको द्वीपक्षीय भेटवार्तामा स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले सन् २०२२ का लागि ८० करोड चिनियां युआन अनुदान सहायता घोषणा गर्ने जानकारी दिएका हुन् । चीनको सान्दोङ्कोको छिन्दाओमा भएको भेटवार्तामा चिनियां विदेशमन्त्रीले उक्त घोषणा गरेको परराष्ट्रमन्त्रालयले…