राजदूत पाण्डेसँग चिनियाँ विदेशमन्त्रीले भनेः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनाैं

काठमाण्डु – चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले नेपाललाई आफ्नो अनुभव बाँड्न चाहेको बताएका छन् । बेइजिङस्थित नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेसँगको बिदाई भेटमा विदेशमन्त्री वाङ्ले चीनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै चीन नेपाललाई आफ्नो अनुभव बाँड्न तयार रहेको बताएका हुन् । साथै उनले चीनले आफ्नो विकासको मोडल निर्यात गर्न नचाहेकाेसमेत बताएका छन्…