प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै देउवालाई भारतीय राजदूतको पहिलो बधाई

काठमाण्डु– प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिएका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै क्वात्राले भारत सरकारको तर्फबाट टेलिफोनमा बधाई दिएका हुन । देउवा निकट स्रोतले दिएको जानकारीअनुसार क्वात्राले आफ्नो व्यक्तिगत र भारत सरकारको तर्फबाट बधाई दिनुको साथै भारत सरकार नयां सरकारसंग मिलेर काम गर्न इच्छुक रहेको…