काठमाण्डु -सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ। आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । मन्त्री ज्ञवालीले परराष्ट्र नीति सार्वजनिक गर्दै लामो प्रयासपछि परराष्ट्र नीति बनाइएको र यसले आगामी दिनमा द्वीपक्षीय र बहुपक्षीय सम्बन्ध सञ्चालनमा एकरूपता हुने बताए। परराष्ट्र नीतिमा भनिएको छ,‘नेपाल छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता,…