काठमाडौं – नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार काठमाडौं आउने भएका छन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट जयशंकरले नेतृत्व गर्ने नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठक ४ र ५ भदौमा काठमाडौँमा हुँदैछ । संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका…