काठमाडौं – नवनियुक्त तीन राजदूतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार बिहान आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई ,जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई र इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।…