काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) शिखरको चौथो सम्मेलनमा सहभागी हुन आएका मध्ये चार देशका राष्ट्रप्रमुख शुक्रबार स्वदेश फर्कने भएका छन् । सम्मेलनले काठमाडौं घोषणा–पत्र जारी नगर्दै शुक्रबार बिहान बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। हसिना बिहीबार मात्रै नेपाल आएकी थिइन्। आम निर्वाचनलाई…