प्रधानमन्त्रीको भ्रमण : विकास र समृद्धिमा चिनियाँ सहयोगलाई जोड्ने अवसर

–प्रकाश सिलवाल  काठमाडौं– शक्तिशाली वाम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भइरहेको औपचारिक चीन भ्रमणलाई नेपालीहरूले आफ्नो विकास र समृद्धिको यात्रामा चिनियाँ सहयोगलाई जोड्ने अवसरका रुपमा हेरेका छन् । बहुआयामिक र ऐतिहासिक सम्बन्धको पृष्ठभूमि बोकेका नेपाल र चीनबीचको उच्चस्तरीय भ्रमणको आदान प्रदानका क्रममा नेपालका प्रधानमन्त्री र उच्च पदाधिकारीबाट हरेक वर्षजस्तो औपचारिक भ्रमण हुँदै आएको…