गृहमन्त्री थापालार्इ भेटे बेलायती र कतारी राजदूतले: बेलायती सेनामा कार्यरत नेपालीबारे चासाे

काठमाडाैं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका बेलायति राजदूत रिचार्ड मोरिस र कतारका राजदूत युसुफ बिन मोहम्मदले मंगलबार छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा बेलायती राजदूत रिचार्ड मोरिससँग भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको  थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै…