काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डमा हुने बंगालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिमस्टेक) राष्ट्रहरूको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक जाने भएका छन् । बिम्स्टेक सम्मेलन चैत २० र २१ अर्थात अप्रिल २ र ३ मा बैंककमा हुँदैछ । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सम्मेलनमा सहभागी हुनेछिन् । यसअघि भदौ १९…