काठमाण्डु - हिन्दी फिल्म चल्न दिन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बुधबार काठमाडौं महानगरको निर्णयविरूद्ध हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो । अल्पकालीन आदेशसँगै विपक्षीसँग छलफल गर्न अदालतले असार १२ गते…