लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

काठमाण्डु- लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै सरकार सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीलाई ३३ सांसदले विश्वासको मत दिए भने उनको विपक्षमा ५३ मत खसेको छ । नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले आज प्रदेशसभा बैठकमा विश्वासको मत मागेका…