काठमाण्डु - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ। सोमबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको उपमहासचिव गिरिराजमणी पोखरेलले बताए।‘पदाधिकारी बैठकले गरेको यो निर्णय सत्ता गठबन्धनको बैठकमा पनि पेश हुनेछ,’ उनले भने। प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिउँसो ४ बजे शपथ लिँदैछन्। आजै…