काठमाण्डु — नेकपा एमालेको माधवकुमार नेपाल निकट भातृसंगठनले अलग पार्टी बनाउने चेतावनी दिएका छन् । बिहीबार नेपाल निकट १७ भातृसंगठनका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै फागुन २८ यता अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान बिपरीत गरेका निर्णय नसच्याए पार्टी अलग गर्ने चेतावनी दिएका हुन् । ‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय…