काठमाण्डु – कोभिड–१९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै ’इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरूको दोस्रो पटकको अनशनमा साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । 'इनफ इज इनफ’ अभियानका अभियान्ता ई. करण गुरूङ र समाइरा श्रेष्ठ दोस्रो पटक पुनः अनशन बसेका हुन् । केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति…