तत्कालै तुइन काटिन्छः मुख्यमन्त्री पौडेल

हेटौँडा – वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । उनका अनुसार दुई दिनभित्र नै तुइन काट्न कर्मचारी खटाइएको हो । झोलुङ्गे पुलबाट नजिकै रहेको उक्त तुइन हटाउने प्रयास सरकारले यसअघि पनि गरेको तर स्थानीयवासी र जनप्रतिनिधिको अवरोधका कारण नहटाइएको मुख्यमन्त्री पौडेलको भनाइ थियो ।…