अस्कर अलिको कम्पनीद्धारा न्युज पोर्टल ह्याक गरेको स्विकार,साइबर अपराधमा कार्वाही गर्न दबाव

काठमाडौं– सिरान टेक्नोलोजीले गल्ती स्विकार गरेको छ । ‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको आरोप लागेपछि कम्पनीले बिहिवार आफूबाट गल्ती भएको स्वीकार गर्दैै वक्तव्य जारी गरेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयां एड्मिन सिर्जना गरेका थिए । काठमाडौं प्रेसमा प्रधानमन्त्रीका आईटी विज्ञ अली, उपप्रधानमन्त्री…