कांग्रेस सांसदकाे व्यंग्य, भनेः धान र गहुँ छुट्याउन नसक्ने अर्थमन्त्री भए

काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले गहुँ र धानको फरक छुट्याउन नसक्ने कांग्रेसबाट अर्थमन्त्री भएकाले विकास हुन नसकेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद गिरिले नेपाली समाज नबुझ्ने व्यक्तिहरूलाई अर्थमन्त्री बनाएर नेपाली कांग्रेसले गल्ती गरेको भन्दै विकास हुन नसकेको बताएका हुन्…