काठमाडौं— सरकारले अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन शुरु गरेको छ । ललिता निवासलगायत सरकारी जग्गामा अनियमितताको खबर बाहिर आएपछि बालुवाटार तथा त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ता जग्गा रोक्का गरिएकोमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान गर्न लागेको हो । सार्वजनिक पर्ती, सरकारी जग्गा व्याक्तिको नाममा…