काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलाको संकटबारे आफुले जारी गरेको वक्तव्यप्रति अझैपनि दृढ रहेको बताएका छन् । प्रचण्डको सचिवालयद्वारा शुक्रबार जारी प्रेस नोटमा भेनेजुएलाबारे जारी गरिएको प्रेस नोट नै आधिकारीक भएकाले भ्रममा नपर्न आग्रह गरेको छ । सचिवालयले भनेको छ, ‘केही सञ्चार माध्यमहरुले विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम श्रृजना गर्न खोजेको प्रति…