राष्ट्रपति भण्डारी जापान जाने, नयाँ राजाको राज्याभिषेकमा सहभागी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको तीन दिने औपचारिक भ्रमण गर्ने भएकी छिन् । हाल म्यानमारमा रहेकी भण्डारी त्यतैबाट जापान जान लागेकी हुन् । उनी जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन जापान जान लागेकी हुन् । जापानमा कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजना गरिएको छ । भण्डारी कात्तिक ३ गते म्यानमारबाट…