ओलीको पक्षमा यसरी उभिए जनार्दन शर्मा: भन्छन्, ‘पाँच वर्ष ओली नै प्रधानमन्त्री’

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन्। तत्कालीन माओवादी केन्द्रका नेता रहेका शर्माले आगामी ५ वर्षसम्म वर्तमान प्रधानमन्त्री ओलीले नै सरकारको नेतृत्व बताएका हुन्। पार्टी एकता हुनु अघि तत्कालीन माओवादीका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने बताइरहेका थिए।…