काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २२ जनवर्गीय संगठनको एकीकरण टुङ्गो लगाएको घोषणा गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले २३ जनसंगठनमध्ये २२ संगठनको भागबन्डा टुङ्ग्याएको घोषणा गरेको हो । जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र जीवराज आश्रितको २६औं स्मृतिसभा दिवसका अवसरमा बल्खुमा शुक्रबार आयोजीत श्रद्धाञ्जली कार्यक्रममा महासचिव विष्णु पौडेलले सबै…