काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेको बताएका छन् । शुक्रबार राजधानीमा नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई उद्घाटन गर्दैै सभापति देउवाले यस्तो बताएका हुन् । वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको भन्दै उनले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई निर्देशन…