काठमाडौ - काठमाडौंका सडकमा बिहीबार अपराह्न एक्कासी गतिरोध आयो। कुनै सडक पूरै खाली गराइए। कुनैमा भने सवारीसाधनको लामो लाइन बन्यो। संघीय संसद्लाई सम्बोधन गर्न शीतलनिवासबाट निक्लिएको राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले सडक आवागमनकर्तालाई जहाँको त्यहीँ रोकेपछि त्यसको प्रतिक्रिया सामाजिक सञ्जालहरूमा तत्काल देखिन थाल्यो। यसमा राजालाई सम्झाउने गरी सवारी चलाएको भन्दै राष्ट्रपतिको आलोचना भइरहेको थियो । धेरैले राष्ट्रपति बग्गीसहित…