काठमाण्डु- सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा डा. सुजन कडरियाको नाम प्रस्ताव गरिएको छ। जारी बन्द सत्रमा अध्यक्ष मण्डलले अध्यक्षमा कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरेको हो । कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन्…