काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेविरुद्ध डरलाग्दो हमला भइरहेको बताएका छन् । नेकपा एमाले ओखलढुङ्गाको लिखु–काठमाण्डु सम्पर्क मञ्चको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पोखरेलले नेपाललाई कमजोर बनाउन चाहने शक्तिले एमालेमाथि हमला गरिरहेका बताए । ‘राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी कोही छ भने त्यो एमाले हो,’ उनले भने । एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिको…