उपप्रधानमन्त्री सिंहकी दिदी रिता जोडिएको जग्गा काण्ड ब्युतियो, मुद्दा चलाउने निर्णय

काठमाण्डु – उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य जोडिएको नक्सालस्थित बाल संगठन (बाल मन्दिर) जग्गा हिनामिनाको काण्डमा संलग्नहरूलाई मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएको छ । यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने भनेर तामेलीमा राखेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयले हिनामिना काण्डलाई ब्युताएको छ । बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि…