विप्लव नेतृत्वको नेकपाले किन निकाल्यो माओवादीसँग एकता टरेको निष्कर्ष

काठमाण्डु – पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)सँग नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एकीकरण हुने चर्चा राजनीतिक वृत्तमा केही समय अघि व्यापक चलेको थियो । विप्लवलाई माओवादीले महासचिव बनाउने भन्ने विषय माओवादीका नेताहरूले नै बताएका थिए । तर, केही दिन अघि कपिलवस्तुमा सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकताको सम्भावना टरेको निष्कर्ष निकालेको छ।…