स्थानीय सरकारको प्रतिष्ठा बढाउन लाग्नुहोस् : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारको प्रतिष्ठा बढाउने गरी काम गर्नुपर्ने बताएका छन् । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संघीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको गुनासो आउने गरेको भन्दै त्यस्तो गर्न नहुने बताए । उनले भने, ‘सरकारले बढाएको कर्मचारीलाई हाजिर गर्न नदिएर आफूले रूचाएका कनिष्ठहरू…