काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रले मात्रै नभई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत खेलाइदिन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् । गोरखा जिल्लामा आयोजित दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसको माओवादीकरण हुनबाट रोक्नुपर्ने बताए । उनले भने, ‘जनताले अहिले कांग्रेस कांग्रेस जस्तो होस् भन्ने चाहेका छन् ।…