काठमाण्डु- संक्रमणकालीन न्यायमा भईरहेको बिलम्बप्रति अमेरिकाले चासो बढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रियता फेरी बढाएका छन्। केही दिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा अमेरिकी सिनेटर क्रिस भान होलेनले संक्रमणकालीन न्यायबारे चासो राखेका थिए। त्यसक्रममा ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला,…