काठमाण्डु- २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलमा बुधबारदेखि सेमिफाइनल खेल शुरू हुँदैछन् । पहिलो सेमिफाइनलमा बुधबार भुटानको आरटीसी क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । आरटीसीले राष्ट्रिय जागृति क्लब इटहरीलाई र चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई हराएर सेमिफाइनलमा पुगेका हुन् । यस्तै बिहीबार दोस्रो सेमिफाइनलमा काठमाण्डौको न्यूरोड टिम एनआरटी र भारतको यूके एफसीबीच खेल हुनेछ ।…