काठमाण्डु– आजबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्य अवकाशमा जाँदै छिन् । ५६ वर्षे उमेर हदका कारण आज रातिबाट बज्राचार्य अनिवार्य अवकाशमा जाने भएकी हुन् । उनी अवकाशमा जाने भएसँगै प्रहरीमा २ एआईजी रिक्त हुने भएका छन् । यसअघि एआईजी भरतबहादुर बोहरा उमेर हदकै कारण गत पुस ११ गतेदेखि अवकाश भएका थिए ।…