स्वास्थ्यका कारण प्रधानमन्त्रीको रुपन्देही र पाल्पा जाने कार्यक्रम स्थगित

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा देखिएको समस्या समाधान नभएपछि आजका लागि तय भएका रुपन्देही र पाल्पाका कार्यक्रम स्थगित भएका छन् । प्रधानमन्त्री ओली घाटीमा समस्या देखिएर बोल्न गाह्रो भएपछि बुधबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिर निस्किएका छैनन् । चिकित्सकहरूले घर बाहिर ननिस्कन भनेपछि प्रधानमन्त्री ओलीले रुपन्देही र पाल्पा जाने कार्यक्रम स्थगित गरेका हुन्…