प्रहरी हुँ भन्दै रकम असुली गर्ने साह पक्राउ, सशस्त्र प्रहरीको पोशाक बरामद

रौतहट– सादा पोशाकको प्रहरी भन्दै रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-१ का २४ वर्षीय रमेश साह रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका-९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ गरेको हो । उनले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको छ ।…