त्रिभुवन विमानस्थलमा ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

काठमाण्डु - काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने स्वचालित बाह्य डिफिब्रिलेटर ‘एइडी’ स्थापना गरिएको छ । नेपालमा आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरणतर्फ महत्वपूर्ण मानिएको यो उपकरण अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा जडान गरिएको छ । यो पहल हाप्सा नेपाल र विमानस्थल प्रशासनबीचको सहकार्यमा सम्पन्न भएको हो । मुटुको धड्कन अचानक बन्द हुने अवस्था…