काठमाण्डु – नेपाल प्रहरीको बर्दीमै नाच्ने एक प्रहरी नायव निरीक्षक कारबाहीमा परेका छन् । कृष्ण जन्माष्टमीको अवसरमा रौतहटको गढीमाई नगरपालिका ६ धरमपुरमा बर्दीमै नाचेका प्रहरी नायब निरीक्षक राजेकिशोर साह कारबाहीमा परेका हुन् । प्रहरी आचरणविरुद्ध कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई आइतबार चौकीको इन्चार्जबाट हटाएर अनुसन्धान थालेको रौतहटका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी…