काठडमाण्डु - पक्षीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन थालेको छ। संघीय राजधानी काठमाण्डुलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पंक्षीपालन गर्ने किसान समस्यामा परेका थिए। पशु सेवा विभागका अनुसार साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन। पछिल्लो पटक काठमाण्डुको गोकणेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन।…