कर्मचारीलाई कोरोना भएपछि ललितपुरको आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल

काठमाडौं – ललितपुरको आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल गरिएको छ । मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती प्रतिष्ठान र अस्पतालकी कर्मचारी रहेको खुलेपछि प्रशासनले सील गरेको हो । संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । भक्तपुरबाट एम्बुलेन्समा टेकु अस्पताल पुर्याउने एम्बुलेन्स चालक र अर्का सहयोगीको स्वाब संकलन गरिएको…