काठमाडौं - राजनीतिक स्थायित्व सुनिश्चित गर्ने नारासहित बनेको दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले ठूलो अपेक्षा गरेका छन् । सर्वसाधारण जनताले मात्रै नभइ नेताकै माथिल्लो तहका नेताले समेत सरकारबाट अपेक्षा राख्छन् । संसदीय बहुमतका आधारमा शक्तिशाली रहेको ओली सरकारले दीर्घकालीन महत्वका निर्णय गर्नुपर्ने र राष्ट्रिय स्तरमा ऐतिहासिक सुधारका काम गर्नुपर्नेमा सरकारले…