काठमाडौँ—नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनका रुपमा स्थापित गर्न खोजेको बताएका छन्। पूर्वप्रहरी संगठनका पदाधिकारीसँग आ प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा खनालले नीतिगत तथा कानूनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धि हासिल गरेको बताए। विशिष्टिकृत अनुसन्धान एकाइको गठन, विध्वङ्सात्मक…