म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ। म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भीरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। राहुघाट, रुप्से, घाँसा, लेते र काभ्रे भीरमा…