काठमाण्डौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्षभित्र नेपाल स्वदेशी उर्जामै आत्मनिर्भर बन्ने दाबी गरेका छन् । राजधानीमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी १० वर्षभित्रत्र १२ हजार मेगावाटसम्मको विद्युत खपत गर्न सक्ने गरी वितरण प्रणाली विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । उनले अधिकतम…