दाङ– प्रहरीले दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गासिंह चन्दसहित तीनजनालाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ । प्रहरीको नियन्त्रणमा रहेका बेला मृत्यु भएका भुपबहादुर सुनुवार गंगटेबारे गलत सूचना सम्प्रेषण गरेको भन्दै चन्दसहित तीन जनालाई विभागीय कार्वाही सिफारीस गरिएको हो । कार्वाही पर्नेमा चन्दसहित लमही इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्का र…