ममाथि मिडिया ट्रायल भएको छ, डराउँदिनः जगदीश खरेल

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पाटीका सांसद एवम् पूर्वमन्त्री जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा मिडिया ट्रायल गरिएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रामक समाचार फैलाएको बताएका हुन् । हालै 'स्मार्ट टेलिकमको फाइल सीआईबीले अनुसन्धान गरिरहेको सूचना बाहिरीएपछि तत्कालीन सञ्चारमन्त्री जगदीश खरेल सुटुक्क स्वीट्जरल्याण्ड पुगे' भन्ने समाचार…