कावासोती – नवलपरासीको कावासोतीमा उपमेयर चढ्ने सरकारी गाडीमा आगजनी भएको छ । नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले चढ्दै आएको सरकारी गाडीमा अज्ञात समूहले पट्रोल छर्केर आगजनी गरेका हुन् । आजगनीबाट लु १ झ ३२१ नम्बरको स्कार्पियोको पछाडिको भाग सामान्य जलेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेको…