खानेपानी मन्त्रीलाई कालो झण्डा देखाउँदा कांग्रेस र नेकपा कार्यकर्ताबीच कुटाकुट, ४ जना घाइते

कञ्चनपुर – कञ्चनपुरको डोकेबजारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट भएको छ । कांग्रेस कार्यकर्ताले खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन खाजेपछि कांग्रेस र नेकपाका कार्यकर्ताबीच हात हालाहाल भएको हो । खानेपानी मन्त्री मगर बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्धघाटनका लागि जाने क्रममा आफ्नो क्षेत्रका समस्यालाई शसक्त रुपमा उठाउन…